नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय उपाध्यक्षको दौडमा पन्त

कञ्चनपुर, ३० बैशाख । 

कञ्चनपुरका यातायात व्यवसायी डम्बरराज पन्तले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दर्ता गराएका छन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ १७ औँ महाधिवेशनमा पन्त उपाध्यक्ष पदको दौडमा होमिएका छन । २७ बैशाखदेखि शुरु भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ १७औँ महाधिवेशनमा निर्तमान उपाध्यक्ष समेत रहेका पन्तले पुन उपाध्यक्ष पदकै दौडमा होमिएका हुन ।

महाकाली यातायात समितिका अध्यक्ष समेत रहेका पन्त यस अघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा निर्वाचित भएका थिए । यातायात क्षेत्रको संस्थागत बृद्धि विकासदेखि समग्र यातायात व्यवसायीहरुको हकहितका लागि आफु पुन उपाध्यक्षको दौडमा होमिएको बताएका छन । झण्डै साढे तीन दशकदेखि यातायात व्यवसाय गर्दै आएका पन्तले समग्र यातायात क्षेत्रको दीगो विकासदेखि यातायात व्यवसायीहरुको पेशा आत्मसम्मान बनाउने संकल्प गरेका छन । आज ३० बैशाखमा ईलेक्ट्रिोनिक मतदान हुदैछ भने पन्तले सहयोगका लागि अपिल गरेका छन ।

Leave A Reply

Your email address will not be published.