बैतडीमा जिप दुर्घटना ५ जनाको मृत्यु

दार्चुला – बैतडीको सदरमुकाम गोठलापानीको कलुवामोडमा आईतबारआज जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँ बाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सेरा तर्फ जाँदै गरेको से १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

७ जना सवार रहेको जिपमा ५ जनाको घटनास्थलमै मृत्यु भएको र २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बोधराज ओझाले जानकारी दिनुभयो ।

जिप सडकबाट ५ सय मिटर तल खसेको बताइएको छ । दुर्घटना के कति कारणले भएको हो थप अनुसन्धान भई राखेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ ।

 

Leave A Reply

Your email address will not be published.