लागूऔषध दुर्व्यसन विरुद्ध दार्चुलामा जनचेतनामूलक कार्यक्रम (फोटो फिचर)

दार्चुला । लागुऔषध न्युनिकरण कार्ययोजना २०८२ अनुरुप जिल्ला प्रहरी कार्यालय दार्चुला तथा मातहतका युनिटहरुले जिल्लाका विभिन्न विद्यालयहरूमा लागूऔषध दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् ।

सोमबार सञ्चालन गरिएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लागुऔषध सेवनबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असरबारे जानकारी गराइएको थियो । साथै, लागूऔषध दुर्व्यसनबाट टाढा रहन, सचेत बन्न र समाजमा सकारात्मक सन्देश फैलाउन आग्रह गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा एकैसाथ सञ्चालन गरिएका ९ वटा कार्यक्रममार्फत सयौँ विद्यार्थी लाभान्वित भएका छन् । कार्यक्रममा प्रहरीले लागुऔषध ओसारपसार, सेवन तथा त्यसबाट हुने कानुनी कारबाहीबारे समेत जानकारी गराएको थियो ।

युवापुस्तालाई लागुऔषधको जोखिमबाट जोगाउन यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.