प्रधानाध्यापकको निधनमा व्याँस गाउँपालिकाद्वारा शोक बिदा घोषणा

दार्चुलाको व्यास गाउँपालिकाले वडा नं. ४ अन्तर्गत रहेको सम्पाल मावि सुन्सेराका प्रधानाध्यापक तथा गाउँ शिक्षा समितिका सदस्य बलदेव सिंह धामीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक बिदा घोषणा गरेको छ।

गाउँपालिकाको कार्यालयले २०८३ साल जेठ ४ गते जारी गरेको सूचनाअनुसार दिवंगत धामीको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ।
साथै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै मृत आत्माको चिरशान्तिको कामना गरिएको छ।

सूचनामा २०८३जेठ ५ गते आज व्याँस गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण शैक्षिक संस्थाहरूमा शोक बिदा दिने निर्णय गरिएको जानकारी गराइएको छ।

उक्त सूचना प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडूद्वारा जारी गरिएको हो।

Leave A Reply

Your email address will not be published.