कञ्चनपुर, जेठ ९
कञ्चनपुरका एक बरिष्ठ प्रहरी हबल्दार बैशाख महिनामा पुलिस अफ दी मन्थ घोषित भएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत बरिष्ठ प्रहरी हबल्दार दिपक विष्ट बैशाख महिनामा पुलिस अफ दी मन्थ घोषित भएका हुन ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलाली धनगढीले बैशाख महिनामा विष्टलाई उत्कृष्ठ प्रहरी कर्मचारी घोषित गर्दै पुलिस अफ दी मन्थ घोषित गर्दै सम्मान गरेको छ । प्रदेश प्रहरीले विष्टलाई प्रमाण पत्रका साथै पुलिस अफ दी मन्थ घोषणा गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । विष्टले जिल्लाको शान्ति सुरक्षादेखिका प्रहरी कार्यालयको कामकाम प्रभावकारी गरेको भन्दै पुरस्कृत गरेको जनाएको छ ।सुप प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरिक्षक(डिआईजी) ओम राना र प्रहरी उपरीक्षक(एसपी) सागर बोहराद्वारा हस्ताक्षरित गरिएको प्रमाण पत्रमा पुरस्कार सहितको सम्मान गरिएको छ ।
कार्य सम्पादनमा उत्कृष्ठताका आधारमा विष्टलाई यस अघि पनि सम्मान, पुरस्कारका साथै अहिले प्रहरीले पुलिस अफदी मन्थ घोषणा गरेको छ । नेपाल प्रहरीले हरेक महिना उत्कृष्ठ कर्मचारी घोषित गर्दैै आएको छ ।