पत्रकार महासंघ कञ्चनपुरको २२ औँ साधारण सभा ः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भेदभावपूर्ण निति तत्काल अन्त्य गर्न वक्ताहरुको जाेडदार माग
कञ्चनपुर, १३ जेठ
नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको बार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार महेन्द्रनगरमा एक कार्यक्रमका विच पत्रकार महासंघको २२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले साधारण सभामा ७ बुँदे घोषणा पत्र जारी गरिएको बताए । अध्यक्ष धामीका अनुुसार समयदेखि सरकारी सञ्चार माध्यमबाहेका स्वतन्त्र सञ्चार माध्यमलाई सरकारी विज्ञापन प्रदान नगरिएको विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अप्रत्यक्ष रूपमा कुण्ठित गर्ने कार्य भएकोले यस्तो भेदभावपूर्ण नीति तत्काल अन्त्य गर्न जोडदार माग गरिएको छ ।
समाचार प्रकाशन तथा प्रसारणकैल विषयलाई आधार बनाई पत्रकारहरूमाथि हुने गाली–गलौज, धम्की एवं त्रासको वातावरण निर्माणको यो साधारण सभा कडा भत्र्सना गर्दछ र जुनसुकै पक्षबाट भए पनि यस्ता गतिविधि तत्काल बन्द गर्न दृढ़तापूर्वक माग गरेको छ । साथै जनआस्था पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको घटनाप्रति तीव्र भत्र्सना गर्दै भविष्यमा यस्ता घटनाको पुनरावृत्ति नगर्न तथा सञ्चार संस्थाहरूप्रति जिम्मेवारीपूर्ण व्यवहार अपनाउन नेपाल सरकारसंग अनुरोध गरेको छ ।
वर्तमान सरकारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना अर्पण गर्दै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने किसिमका कुनै पनि क्रियाकलापबाट विरत रहन विनम्र आग्रह गरेको छ । कञ्चनपुर जिल्लाको सर्वाङ्गीण विकास, समृद्धि र सुशासनका लागि सबै पक्षहरूसंग हातेमालो गर्दै सुन्दर र विकसित जिल्ला निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्न आब्हान गरिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि निरन्तर संघर्षरत जिल्लाका तथा सम्पूर्ण अग्रजदेखिका सबै पत्रकारहरूप्रति हार्दिक सम्मान एवं कृतज्ञता प्रकट गरेको छ ।
कार्यक्तमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक तथा कानूनमन्त्री हिरा सार्कीले लोकतन्त्र रक्षादेखि आम नागरिकका मुद्दा उठान गर्ने पत्रकारमाथि संघीय सरकारले विभेद गरेकाले त्यस्तो प्रदेश सरकारबाट हुन नसक्ने जिकिर गरेका छन । मन्त्री सार्कीले प्रदेश सरकारबाट पत्रकार महासंघ कञ्चनपुरको हकहितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन । बिशिष्ठ अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकास रावलले लोकतन्त्रको रक्षादेखि जनताका आवाज उठान गर्ने पत्रकारको हकहितका लागि राज्य विभेदकारी नभई जिम्मेबार बन्नुपर्नेमा जोडदिए ।
पुर्व आन्तरिक मामिलामन्त्री समेत रहेका रावलले पत्रकार महासंघ कञ्चनपुरको बृद्धि विकासका लागि थुप्रै योजना लागु गरिएको बताए । कार्यक्रमका बिशिष्ठ अथिति समेत रहेका नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले पत्रकारले आफ्नो पेशागत मार्यादामा रहेर कामकाज अघि बढाउनुपर्ने सुझाव दिएका छन । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मुकुन्द प्रशाद भण्डारीले पनि राज्यको विभेदकारी निर्णय बिरुद्ध महासंघको संघर्ष जारी रहेको बताए ।
गैसस महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले लोकतन्त्र रक्षार्थ खटिने पत्रकारको सरक्षण आवश्यक रहेको औल्याए । बेदकोट नगरका मेयर भोजराज बोहराले सरकारको रवैयाले पत्रकारदेखि सबै क्षेत्र आतङकित भएको बताए । भीमदत्त नगरका मेयर निलम लेखकले पनि लोकतन्त्र रक्षाका लागि पत्रकार बलियो बनाउनुपर्नेमा जोडदिए । जिसस कञ्चनपुर प्रमुख दुर्गादत्त बोहराले पत्रकार पेशा मर्यादितमा जोडदिए । कार्यक्रममा जिल्लाका राजनैतिक दल नेकपा एमालेका उपाध्यक्ष जनकराज अवस्थी, नेकपा नेता पदमराज जोशी, श्रम संस्कृति पाटीका अध्यक्ष गंगादत्त जोशीले जनता बलिया हुनका लागि सूचना प्रवाह गर्ने पत्रकारदेखि संचारकर्मी बलिया हुनुपर्नेमा जोडदिए ।
पत्रकार संघ संगठनका तर्फबाट प्रेस यूनियनका कोषाध्यक्ष शंकर अवस्थी, प्रेस चौतारीका अध्यक्ष मदन गिरी, प्रेस सेन्टरका अध्यक्ष अरुण प्रशाद भट्टले पत्रकार हकहितका लागि सरकारले वास्ता नराखेको दुखेसो पोखेका छन ।
कार्यक्रममा बरिष्ठ पत्रकार चित्राङ्ग थापादेखि युवा पत्रकार हरिशचन्द्र बाग सहित पत्रकार खेम भण्डारी, हरि प्रशाद जोशी, विष्णू अवस्थी, माधव धामी, धिरेन्द्र डगौरा, राजेन्द्र विष्ट, बीर बहादुर चन्द, दुर्गा उपाध्याय, भवानी भट्ट, शेर बहादुर सिह, डिआर पन्त सहितका पत्रकारलाई सम्मान गरिएको छ । यस्तै भीमदत्त, कृष्णपुर नगरपालिका, कञ्चनपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग व्यापार परिसंघ सहितका व्यक्ति, संघ संस्था सहितका सरकारी कार्यालयलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव कुन्दन पाण्डेयले सागठानिक र कोषाध्यक्ष मोहन विष्टले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धर्मा रोकायाले स्वागत मन्तव्य राखेकी थिईन । कार्यक्रममा जिल्लाभरीका पत्रकारदेखि प्रदेश, केन्द्रका पदाधिकारीको सहभागिता रहेको थियो ।