काठमाडौं । नेपाली बजारमा आज आइतबार सुन-चाँदीको मूल्य घटेको छ।
शुक्रबार तोलामा दुई हजार एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ हजार दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबारसुन प्रतितोला तीन लाख नौ हजार रूपैयाँमामा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ३५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।