दार्चुलाका ३८ वडामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

दार्चुला – दार्चुलाका ६१ वडा मध्ये नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले ३८ वडामा नयाँ नेतृत्व चयन गरेको छ ।

बुधबार सम्म ३८ वडाहरुमा नयाँ नेतृत्व छनौट गरिएको नेकपा माओवादी केन्द्र दार्चुलाले जनाएको छ । बाँकी रहेको २३ वडामा पनि वडा सम्मेलन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्ने काम भइरहेको माओवादी केन्द्र मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीले जानकारी दिनु भएको छ ।

आवश्यक तयारी पूरा भई नसकेकाले केही वडाको सम्मेलन गर्न बाँकी रहेको धामीले बताएका छन । यता वडा सम्मेलन सम्पन्न भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी केन्द्रले जनाएको छ ।वडा सम्मेलन हाल सम्म जिल्लाको मार्मा गाउँपालिका नौगाड गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा सम्पन्न भएको बताइएको छ । यि स्थानीय तहमा पालिका तथा नगर अधिबेशन पनि सम्पन्न भएको नेता धामीले बताए । बाकी रहेका गाउँपालिका तथा नगरपालिकाहरुमा नयाँ कार्यतालिका सार्वजनिक भएपछि पालिका तथा नगर अधिवेशन गर्ने अध्यक्ष धामीले बताउनु भयो ।

आज माओवादी केन्द्रको प्रदेश कमिटीको बैठक बस्ने भएकाले माओवादी केन्द्रका नेताहरु हिजो नै प्रदेशतिर गएपछि जिल्लाको पालिका तथा नगर अधिबेशन केही दिनपर सारिएको माओवादी केन्द्रले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.