काठमाडौं । रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन् ।
उनी ३५८ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
सभापतिमा निर्वाचित हुन कुल सदर मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ।