बैतडीमा विद्यार्थीमाथि कुटपिट गर्ने प्रअ पक्राउ, घाइते विद्यार्थीलाई उपचारका लागि धनगढी लगियो

बैतडी–बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गर्ने प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका –९ तल्लादेहीस्थित खेती माविमा कक्षा ८ मा अध्ययनरत १२ बर्षीय तेजसिंह भण्डारीलाई आज बिहान उक्त विद्यालयका प्रधानाध्यापक धवलसिंह भण्डारीले कुटपिट गरेका थिए । बिहान पौने १२ बजेतिर प्रधानाध्यापक भण्डारीले विद्यार्थीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवन तिमिल्सिनाले बताए ।

प्रधानाध्यापक भण्डारीले विद्यार्थीमाथि हातखुट्टाले प्रहार गरि घाइते बनाएको बताइएको छ । घाइते तेजसिंह भण्डारीलाई तल्लादेही स्वास्थ्यचौकीमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।

कुटपिटमा संलग्न प्रधानाध्यापक पक्राउ परिसकेका र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.