दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले असार २१ गते आइतबारका दिन कार्यालयमा बिदा नहुने जनाएको छ ।
चालु आर्थिक बर्षको अन्त्यमा योजना तथा कार्यक्रमको भुक्तानी, लेखा व्यवस्थापन र अन्य अत्यावश्यक बित्तीय कार्यहरु सम्पन्न गर्नुपर्ने भएकाले कार्यालय खुला रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
असार २१ गते आइतबारका दिन गाउँपालिका र वडा कार्यालयहरु नियमित कार्यालय समय अनुसार सञ्चालन हुने गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णु साहनी बताए ।
