सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र सहजिकरणमा दार्चुलाका नौ जनाको आँखाको मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया सम्पन्न भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला र दार्चुलाकै दुुहुँ गाउँपालिकामा सञ्चालन गरिएको नि:शल्क आँखा शिविरमा गरिएको परीक्षणमा मोतियाविन्दुको शल्यक्रिया गराउनुपर्ने देखिएका ११ जनामध्ये नौ जनाको गेटा आँखा अस्पताल डडेलधुरामा हालै शल्यक्रिया गरिएको हो ।

शल्यक्रियाका लागि ११ जनालाई नै अस्पताल लगिए पनि दुई जनाको भने स्वास्थ्य अवस्थाका कारण शल्यक्रिया गर्न सम्भव भएन । यसअघिका दुई वटै शिविरमा गरी सात सय जना भन्दा बढीको नि:शुल्क आँखा परीक्षण गर्नुका साथै ४८७ जनालाई चश्मा र ६०० जनालाई औषधी वितरण गरिएको थियो ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछ ।

Leave A Reply

Your email address will not be published.