दुहुँ गाउँपालिकाले गाउँ बस सञ्चालनका लागि नयाँ बस खरिद

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले स्थानीय नागरिकलाई सहज र भरपर्दो सार्वजनिक यातायात सेवा उपलब्ध गराउने उद्देश्यले गाउँ बस सञ्चालनका लागि नयाँ बस खरिद गरेको छ।

गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालका अनुसार गाउँपालिकाले खरिद गरेको बस जिल्ला आइपुगेको छ। तर, राताकाठा क्षेत्रमा सडक अवरुद्ध रहेका कारण बसलाई हाल महाकाली नगरपालिकाको धाप क्षेत्रमा राखिएको उनले जानकारी दिए ।

अध्यक्ष बडालले सडक मर्मत सम्पन्न भई यातायात सञ्चालनयोग्य बनेपछि बसलाई गाउँपालिकामा ल्याई नियमित रूपमा गाउँ बस सेवा सञ्चालन गरिने बताए ।

गाउँ बस सञ्चालनमा आएपछि दुहुँ गाउँपालिकाका स्थानीयवासीले सहज, सुरक्षित र नियमित सार्वजनिक यातायात सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
यसबाट गाउँपालिकाभित्रका विभिन्न वडाका बासिन्दाको आवतजावतमा सहजता आउने तथा सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास गाउँपालिकाले लिएको छ।

Leave A Reply

Your email address will not be published.