आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट सेवा दिन थाल्यो मालिकार्जुन

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले नवनिर्मित प्रशासकीय भवनबाट नियमित सेवा प्रवाह सुरु गरेको छ।

गाउँपालिकाले असार २९ गतेदेखि वडा नं ८ शंकपुरमा निर्माण गरिएको नयाँ प्रशासकीय भवनबाट सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रवक्ता मदनबहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार नयाँ भवनबाट प्रशासनिक तथा अन्य नियमित सेवाहरू प्रदान गर्न थालिएको छ। यद्यपि, भवनको औपचारिक उद्घाटन कार्यक्रम भने अझै हुन बाँकी रहेको छ।

गाउँपालिकाले भवनका केही फिनिसिङ अन्तिम चरणकानिर्माण कार्य अझै सम्पन्न हुन बाँकी रहेकाले ती कार्य पूरा भएपछि औपचारिक उद्घाटन गरिने जनाएको छ।

नयाँ प्रशासकीय भवन सञ्चालनमा आएपछि सेवाग्राहीले व्यवस्थित वातावरणमा सेवा प्राप्त गर्ने तथा गाउँपालिकाको सेवा प्रवाह थप प्रभावकारी र सहज हुने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.