दार्चुला । जिल्ला अदालत दार्चुलाले आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने तीन जना कर्मचारीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरी सम्मानित गरेको छ।
अदालतको वार्षिक कार्ययोजना अनुसार तोकिएको लक्ष्यभन्दा बढी ७६.२९ प्रतिशत मुद्दा फर्छ्योट गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै नायब सुब्बा उर्बा दत्त जोशी र डिठ्ठा महेश सिंह धामीलाई नगद रकमसहित सम्मानपत्र प्रदान गरिएको हो।
त्यसैगरी, गत आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट र्यसम्पादनका आधारमा पुरस्कृत भएकी कार्यालय सहयोगी इन्दिरा धामीलाई पनि सम्मान गर्दै हौसला प्रदान गरिएको जिल्ला अदालतका न्यायाधीश भुवन गिरीले जानकारी दिए ।
न्यायाधीश गिरीका अनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको बताए ।
यस्ता सम्मानले कर्मचारीको मनोबल अभिवृद्धि भई सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन तथा न्याय सम्पादनको गुणस्तर सुधार गर्न सकारात्मक योगदान पुग्ने विश्वास अदालतले व्यक्त गरेको छ।
त्यसैगरी, गत आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्यसम्पादनका आधारमा पुरस्कृत भएका कार्यालय सहयोगी इन्दिरा धामीलाई पनि सम्मान गर्दै हौसला प्रदान गरिएको अदालतले जनाएको छ।
अदालतका अनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको हो।
यसबाट कर्मचारीको मनोबल उच्च हुने, सेवाप्रवाह अझ प्रभावकारी बन्ने तथा न्याय सम्पादनमा थप गुणस्तर कायम गर्न प्रेरणा मिल्ने विश्वास अदालतले व्यक्त गरेको छ।