कञ्चनपुरमा विद्युत समस्याको समाधानबारे सांसद महता र विद्युत प्राधिकरणबीच छलफल

कञ्चनपुर
कञ्चनपुर निर्वाचन क्षेत्र नं। ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता ले आइतबार नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर शाखाका प्रमुख सन्तोष श्रेष्ठ सँग जिल्लाको विद्युत आपूर्ति, विद्यमान समस्या तथा समाधानका उपायबारे विस्तृत छलफल भएको छ।

छलफलमा कञ्चनपुर निर्वाचन क्षेत्र नं। ३ मात्र नभई समग्र जिल्लामा देखिएको लो भोल्टेजको समस्या, विद्युत पोलको व्यवस्थापन, बढ्दो विद्युत मागलाई मध्यनजर गर्दै आवश्यक स्थानमा ट्रान्सफर्मरको उचित व्यवस्थापन तथा विद्युत वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा गहन छलफल गरिएको थियो।

सांसद ज्ञानेन्द्र सिंह महताले जिल्लावासीले लामो समयदेखि भोग्दै आएका विद्युतसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्न आग्रह गर्दै सम्बन्धित निकायसँग समन्वय गरी सेवा प्रवाहलाई थप सहज र भरपर्दो बनाउन जोड दिएका छन्१
साथै प्रमूख श्रेष्ठले जिल्ला मा विद्युत सामाग्री को के कति आवश्यकता हो त्यो बारे लिखित ड्राफ्ट बनाई विभाग मा पेश गर्न र आफूले त्यसबारे छिट्टै पहल गर्ने प्रतिबद्धता जनाएका छन।

नेपाल विद्युत प्राधिकरण, महेन्द्रनगर शाखाले पनि आवश्यक अध्ययन गरी प्राथमिकताका आधारमा समस्या समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.