मालिकार्जुनमा रास्वपाको पार्टी कार्यालय उद्घाटन

दार्चुला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाका जिल्ला सभापति राजेश सिंह सामन्तले मालिकार्जुन गाउँपालिका–३ स्थित रास्वपाको पार्टी कार्यालयको उद्घाटन गरेका छन्।

कार्यालय उद्घाटनसँगै सोही भवनमा रास्वपा दार्चुला जिल्ला कार्यसमितिको बैठक पनि सम्पन्न भएको छ। बैठकमा पार्टी संगठनलाई थप सुदृढ बनाउने, आगामी कार्यक्रम तय गर्ने तथा स्थानीय तहमा संगठन विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

रास्वपा मालिकार्जुन गाउँपालिका–३ का वडा सभापति शेर सिंह धामीका अनुसार स्थानीय तहमा पार्टीका गतिविधिलाई व्यवस्थित बनाउन, कार्यकर्ताबीच समन्वय बढाउन तथा संगठनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पार्टी कार्यालय स्थापना गरिएको हो।

उनले कार्यालय उद्घाटन कार्यक्रम र जिल्ला कार्यसमितिको बैठक सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै आगामी दिनमा संगठन विस्तार तथा जनसम्पर्कलाई थप प्रभावकारी बनाइने बताए।

Leave A Reply

Your email address will not be published.