‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रस्ताव

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताएका छन् ।

ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलहरूको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम यथावत् रहेकोमा प्रश्न उठाए । नेपालमा सिंह नपाइने उल्लेख गर्दै उनले  ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि तर्क गरे ।

सांसद ढकालले नाम मात्र नभई सिंहदरबारको कार्यशैली र हाउभाउमा समेत सुधारको आवश्यकता रहेको औँल्याए । प्रशासनिक केन्द्रको संरचना र भाषामा विद्यमान परम्परागत शैलीलाई चिर्नुपर्नेमा उनको जोड छ ।

ढकालले भने- ‘परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, मतलब एयरपोर्टहरूका नाम परिवर्तन भए ।  न हामीसँग सिंह छ, हैन ?  हामीसँग सिंह छैन । त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन । त्यसलाई अनामनगर दरबार राख्दिएको भए हुन्थ्यो होला । त्यो परिवर्तन पछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दै गर्दा । हामीसँग सिंह नै छैन, त्यसको नाम सिंहदरबार नै छ र त्यसको केही हाउभाउ, भावभङ्गीहरू त्यो भाषा जस्तै छ । त्यो चिर्नुपर्नेछ । मैले यो मुहानका विषयमा यति कुरा राखेँ ।

सांसद ढकालले नाम मात्र नभई सिंहदरबारको कार्यशैली र प्रवृत्तिमा समेत परिवर्तनको आवश्यकता रहेको औँल्याए । उनले प्रशासनिक केन्द्रको ‘मुहान’ मै सुधार हुनुपर्ने र पुरानो सोच तथा भाष्यलाई चिर्नुपर्नेमा जोड दिएका छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.