दार्चुला – मंगलबार अपरान्ह अछाममा भएको बस दुर्घटना परी मृत्यु भएकाहरुको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा अछामको मंगलसैन नगरपालिका–१४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र मंगलसैन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थापा रहेका सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए ।
अछामबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस मंगलसैनकै डाँडाबाघ भन्ने स्थानमा दुर्घटनामा परेको थियो । बस सडकभन्दा १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
बसमा सवार अन्य २६ जना घाइतेको स्थानीय अस्पतलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।