काठमाडौं । नेपालले दाबी गर्दै आएको लिपुलेकबाट भारतीय तीर्थालु र व्यापारीको ओहोरदोहोर बढेको छ ।
उक्त नाकाबाट भारतले पुन: सञ्चालनमा ल्याएको कैलाश मानसरोवर यात्रा–२०२६ को नवौँ ब्याचका महिला १२ र पुरुष ३६ गरेर ४८ जना तीर्थयात्रीहरू कैलाश मानसरोवर दर्शन सकाई हिजो फिर्ता भएका छन् ।
कैलाश मानसरोवर यात्राअन्तर्गत हालसम्म नौ पटकमा ४३२ जना तीर्थयात्रीहरूले यात्रा गरिसकेको भारतीय पक्षले जनाएको छ । हाल ४४ जना तीर्थयात्रीहरू कैलाश मानसरोवर दर्शनका क्रममा चीनमा रहेको बुझिएको छ ।
यता साउन १६ गतेदेखि सोही नाकाबाट भारत र चीनबीच व्यापारिक आदानप्रदान पनि शुरु भएको छ । पहिलो दिन २० जना भारतीय व्यापारी सोही नाकाबाट भारतीय सामानसहित चीन गएका थिए । जनआस्था
