दार्चुला सदरमुकाममा रात्रीकालीन संयुक्त चेकजाँच तीव्र

दार्चुला । जिल्ला सदरमुकाम आसपासका क्षेत्रमा रातिको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोली परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रातिको समयमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दैनिक रूपमा सदरमुकाम आसपासका क्षेत्रमा चेकजाँच गर्दै आएको छ।

संयुक्त टोलीले होटल, पसल तथा अन्य संवेदनशील क्षेत्रमा नियमित चेकजाँच गर्ने गरेको प्रहरीले जनाएको छ। रातिको समयमा हुन सक्ने चोरी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा निगरानी बढाइएको हो।

प्रहरीका अनुसार संयुक्त चेकजाँचसँगै शंकास्पद गतिविधिमा निगरानी राख्ने र आवश्यकताअनुसार कानुनी कारबाही अघि बढाउने गरिएको छ। सुरक्षा व्यवस्था प्रभावकारी बनाउन दुवै सुरक्षा निकायबीच समन्वय गरी नियमित गस्ती तथा चेकजाँचलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.