दार्चुलामा एक महिनामा ११९ सवारी साधन कारबाहीमा

दार्चुला । दार्चुलामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ११९ वटा सवारी साधन कारबाहीमा परेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता तथा प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीका अनुसार साउन महिनामा जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन कारबाहीमा परेका हुन्।

ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारी साधनबाट जरिवानाबापत १ लाख १६ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए।

जिल्लाका विभिन्न क्षेत्रमा ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्दै आएको छ। चेकजाँचका क्रममा नियम उल्लंघन गरेको पाइएपछि सवारी चालक तथा साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, साउन महिनामा दार्चुलामा कुनै पनि सवारी दुर्घटना नभएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ। ट्राफिक नियमको पालना र नियमित चेकजाँचका कारण सवारी दुर्घटना नियन्त्रणमा सहयोग पुगेको प्रहरीको भनाइ छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.