प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दार्चुलाका गंगा दत्त जोशी नियुक्त

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष र सदस्य नियुक्त गरेको छ।

मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्ट तथा सदस्यहरूमा गंगा दत्त जोशी र हिरा चन्दलाई नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त सदस्य गंगा दत्त जोशी दार्चुला शैल्यशिखर नगरपालिकाका बासिन्दा हुन्। प्रदेशको नीति निर्माण, योजना तर्जुमा तथा विकासका प्राथमिकता निर्धारणमा प्रदेश नीति तथा योजना आयोगको महत्वपूर्ण भूमिका रहन्छ।

मन्त्रिपरिषद् बैठकले आयोगलाई थप प्रभावकारी बनाउँदै प्रदेशको समग्र विकास योजनालाई व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले उपाध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय गरेको हो। आयोगमा रहने अन्य सदस्य नियुक्त हुन बाकी छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.