सर्पको टोकाइबाट बैतडीमा १२ वर्षीया बालिकाको मृत्यु

बैतडी । बैतडीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–४ का लोकेन्द्रबहादुर चन्दकी १२ वर्षीया छोरी सुस्मिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

बिहीबार साँझ करिब ६ बजे घरमै खेलिरहेको अवस्थामा आँगनमा सर्पले टोकेपछि सुस्मिता गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

मृतक सुस्मिता पञ्चेश्वर गाउँपालिका–४ स्थित टाँक तिलकपुर माध्यमिक विद्यालयमा अध्ययनरत थिइन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.