दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरेको छ।
कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (प्रनाउ) गौरव महतले उत्कृष्ट कार्यको कदरस्वरूप प्रहरी वरिष्ठ नायब निरीक्षक (प्रबनानि) शेरबहादुर चन्दलाई प्रशंसापत्र प्रदान गरेका छन्।
यस्तै, २०८३ साल साउन महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ का रूपमा प्रहरी वरिष्ठ हवल्दार (प्रबह) श्यामसिंह ठगुन्नालाई छनोट गरी प्रशंसापत्र प्रदान गरिएको कार्यालयले जनाएको छ।
प्रशंसापत्र प्रदान गर्दै प्रनाउ महतले सम्मानित प्रहरी कर्मचारीलाई बधाई तथा शुभकामना दिएका थिए। सो अवसरमा उनले उपस्थित प्रहरी कर्मचारीलाई समसामयिक विषयमा आवश्यक निर्देशनसमेत दिएका थिए।

