पनेबाजमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध, स्काईभेटरबाट सडक खुलाउने प्रयास

दार्चुला । महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्डको पनेबाजमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
सोमबार दिउँसो करिब १२ :४० बजे सडक माथिबाट पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात सेवा प्रभावित भएको हो। पहिरोका कारण खलंगाबाट महेन्द्रनगर, धनगढीलगायतका स्थानतर्फ जाने लामो दूरीका सवारीसाधन तथा छोटो दूरीका सवारीसाधनसमेत बाटोमै रोकिएका छन्।
सडक विभागको लोडर प्रयोग गरेर पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिए पनि पहिरो ठूलो भएकाले लोडरबाट सम्भव नभएपछि स्काभेटर मगाइएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी मालिकार्जुनका इन्चार्ज नागेन्द्र क्षेत्रीका अनुसार स्काभेटरको सहयोगमा पहिरो हटाएर सडक सुचारु गर्ने काम भइरहेको छ। अबको केही समयभित्र सडक सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो।
सडक अवरुद्ध भएपछि पहिरो नजिकै छोटो तथा लामो दूरीका दर्जनौँ सवारीसाधन रोकिएका छन्। सडक खुलाउने काम भइरहेकाले यात्रु तथा सवारीचालकलाई केही समय धैर्य गर्न प्रहरीले आग्रह गरेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.