ट्राफिक नियम उलङ्घन गर्नेमाथि कञ्चनपुरमा ट्राफिक प्रहरीको एक्सन

कञ्चनपुर । 
ट्राफिक नियम उलङघन गर्ने सवारी साधान र चालकमाथि कञ्चनपुरमा ट्राफिक प्रहरीले कार्बाही गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले चालु आर्थिक बर्षका दुई महिनामा ट्राफिक नियम उलङघन गरेर सवारी साधन चलाउने चालकदेखि सवारी साधनमाथि कार्बाही गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार दुई महिनामा मात्रै जिल्लामा ७०दर्घुटना भएका छन, जसमध्ये एकसय ९ घाईते, ४को मृत्यु, एक पशु चौपायाको मृत्यु र घाईते भएको छ ।

ट्राफिक इन्चार्ज प्रहरी निरीक्षक बलेन्द्र नाथले ट्राफिक नियम उलङघन गर्नेहरुलाई अन दी स्र्पोटदेखि यातायात व्यवस्था कार्यालयसम्मै पु¥याएर कार्बाही गरिएको बताए । उनका अनुसार दुई महिना पुरा नहुदै ट्राफिक प्रहरीले एक हजार ९सय ८ ट्राफिक कार्बाही गरेको छ । यस अवधिमा ट्राफिक नियम उलङघन गर्ने सवारी साधन र चालकहरुबाट १३ लाख, ५ हजार जरिवाना अशुल भएको छ । लागु पदार्थ सेवा गरेर सवारी चलाउने ५, मादक पदार्थ सेवन गरेर सवारी चलाउने तीन सय ७५ चालकहरुलाई कार्बाही गरिएको छ ।

मदिरा सेवन गरेर डियुटमा रहेका ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गर्ने ५चाकललाई जनही ३ हजारका दरले जरिवाना गराईएको छ । भने, ध्वनी मोडिफाई गरेका १०मोटरसाईकललाई समेत कार्बाहीका लागि यातायात व्यवस्था कार्यालय पठाईएको छ ।

‘ध्वनी मोडिफाई गर्ने १० चालकहरुलाई जनही ७ हजार र मोटरसाईकलमा राखिएको मोडिफाई ध्वनी हटाईएको छ, ‘उनले भने, ‘नगद जरिवाना, सचेतनादेखिका कागज गरेर छाडेका छौँ ।’ यात्रु बहाक सवारी साधनमा समेत समान ओसार्नेदेखि बढी यात्रु ओसार्नेहरुमाथि समेत कार्बाही गरिएको उनले बताए । ट्राफिक इन्चार्ज नाथले जिल्लाभरी सवारी दुर्घटना न्यूनिकरणका लागि उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरेर सचेतना कक्षादेखिका कार्बाहीका कार्यक्रम संचालन गरिएको बताए । तीनसय १३ पटकमा झण्डै १४ हजार नागरिकलाई सचेतना गरिएको छ ।
तिव्र गति,मदिरा सेवन गरेर सवारी साधन चलाउने, क्षमता भन्दा बढी यात्रु ओसार्ने, सचेत नहुँदा सवारी दुर्घटना भईरहेको बताउँदै त्यसतर्फ समेत ट्राफिक प्रहरीले ध्यान दिएर कामकाज गरिरहेको बताए ।

यसैविच बिहीबार जिल्ला ट्राफिक प्रहरीले सरोकारवालासंग नागरिक सुनुवाई गर्दै गरेका कामकाज बारे जानकारीका साथै सुझाव संकलन गरेको छ ।
भीमदत्त नगरपालिका समाजिक विकास समितिका संयोजक समेत रहेका ४ का वडाध्यक्ष शुशिल भट्टले बसपार्क, बजार क्षेत्रमा ट्राफिक दुर्घटना एव सवारी साधन व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक प्रविधी उपकरण सहयोग गर्ने बताए । वडाध्यक्ष भट्टले पनि ट्राफिक नियमको पालना गरेर सवारी साधन संचालनमा सुझाव दिएका छन ।
स्थानीयले समेत यातायातका भौतिक पूर्वाधार, माग अनुरुप मात्रै स्रोत साधन भित्र्राउन दिनुपर्ने, मादक पदार्थ सेवन गरेर सवारी संचालनमा पूर्ण रोकदेखिका सवारी दुर्घटना न्यूनिकरणका उपाया अपनाएर मात्रै सवारी साधन संचालनमा जोडदिएका छन । सडकमा ट्राफिक निमय उलङघन गरेर सवारी साधन चलाउँदा स्वयमको ज्यान जाने, अरुको ज्यान लिने, फजुलमा जरिवानादेखिका झन्झन बेहोर्नु परेको भन्दै शुरुवातमै सबै प्रकृतिका सवारी साधनका चालक सचेतदेखि पैदल यात्रु समेत झन सजक बन्नुपर्नेमा सुझाव दिएका छन ।

जिल्लामा अनग्न बाहेक अन्न ट्राफिक प्रहरी आफ्नो कामकाजमा दत्तचित्त भएर खटिएको नागरिकको ठहर छ । उनीहरुले कञ्चनपुर ट्राफिक प्रहरीको सचेतनामुलकदेखि कार्बाहीका कार्यक्रम निरन्तरतामा जोडदिएका छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.