देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बङ्गालको खाडीमा रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तर पश्चिम दिशा तिर सर्ने देखिन्छ।

हाल कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू(भागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू(भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको तराई भूभागको थोरै स्थानमा, मधेस प्रदेश तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति कोशी र मधेस प्रदेश लगायत देशको हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साधरणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भूभाग तथा मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.