दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले ताके जात्राको अवसरमा शुक्रबार एक दिन सार्वजनिक बिदा दिएको छ ।
लेकम गाउँपालिकाका विभिन्न धार्मिकस्थल तथा मठमन्दिरमा मनाइने ताके जात्राको अवसरमा गाउँपालिकाले पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै लेकम गाउँपालिका तथा मातहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा शुक्रबार सार्वजनिक बिदा दिएको जनाएको छ ।
यद्यपि, गाउँपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालनमा रहने सूचनामा उल्लेख गरिएको छ ।

