दार्चुला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दार्चुलाका ललित सिंह बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी सम्हालिसकेका बोहराले जारी १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले आदिवासी जनजाति खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।
जिल्ला सभापतिसमेत रहेका बोहरा सामाजिक सेवामा समेत सक्रिय छन् । उनले ‘आदिवासी जनजातिको अधिकार, सम्मान र समृद्धिका लागि मेरो प्रतिबद्धता’ भन्ने नारासहित केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा जारी छ ।
