बझाङमा एमाले अध्यक्षसहित १९ निर्वाचित पदाधिकारीले रोजे नेकपा एकीकृत समाजवादी

दार्चुला । बझाङमा नेकपा एमालेका तत्कालीन पार्टी अध्यक्ष दिलबहादुर सिंहसहित १९ जना जनप्रतिनिधिहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । आज जिल्ला निर्वाचन कार्यालयमा पुगेर केदारस्युँ गाँउपालिका अध्यक्ष इन्द्रबहादुर भण्डारीको नेतृत्व सहितको टोलीले नेकपा एकीकृत समाजवादी पार्टीलाई रोजेको हो ।

केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारी, गाउँपालिकाका उपाध्यक्ष निशा धामी, वडा नम्बर ८ का वडा अध्यक्ष गणेशबहादुर बोहरा, वडा नम्बर २ का वडा अध्यक्ष चक्रबहादुर लुहार विक, वडा नम्बर ३ का वडा अध्यक्ष वीरबहादुर खाती र वडा नम्बर ५ का वडा अध्यक्ष काशीराम धामीले जिल्ला निर्वाचन कार्यलयमा पुगेर नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गर्नु भएको हो ।

साथै अन्य वडा सदस्यहरुले पनि जिल्ला निर्वाचन कार्यलयमा पुगेर नेकपा एकीकृत समाजवादी पार्टी भएको घोषणा गर्दै सनाखत गरेको केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।

यस्तै सनाखत गर्ने अन्य पदाधिकारीमा वडा सदस्य ज्ञाना जेठारा, कमलाकुमारी भण्डारी, नन्दादेवी सिंह, जुनादेवी ओखेडा, तुलसीदेवी विष्ट, मजिुरादेवी ओखेडा, बाटुलीदेवी ओड, विमलाकुमारी शर्मा, कल्यान धामी, धन बहादुर विष्ट, धन्नाम रावल, कटक दमाई र लालबहादुर कामी रहेका छन् ।

पार्टीलाई २०७५ जेठ २ मा गएको भनिएता पनि व्यवहारमा त्यो लागू नगरेका कारण नेकपा एकीकृत समाजवादी पार्टी आफूहरुको रोजाइमा परेको जिल्ला निर्वाचन कार्यलयमा सनाखत गर्ने जननिर्वाचित जनप्रतिनिधिहरुको प्रतिकृया छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.