बेलडाँडीको सरस्वती मावि खेलकुदमा समेत अब्बल  तेस्रो बासुदेव स्मृति फुटबलको उपाधी चुम्यो 

कञ्चनपुर ।

कञ्चनपुरको बेलडाँडीमा रहेको सरस्वती माध्यामिक विद्यालयको टिमलाई तेस्रो बासुदेव स्मृति फुटबल प्रतियोगिता ०८३को उपाधी पाईएको छ ।

बेलडाँडी गाँउपालिका १ झर्नासागरमा रहेको सरस्वती माध्यामिक विद्यालयको टिमलाई तेस्रो बासुदेव स्मृति फुटबल प्रतियोगिता ०८३को उपाधी पाईएको हो । महेन्द्रनगर स्थित खुलामञ्चमा सम्पन्न भएको अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधी सरस्वतीले पाएको जनाएकोछ ।

आइतबार भएको तेस्रो बासुदेव स्मृति अन्तरविद्यालय स्तरीय यू–१६ सेभेन ए–साइड फुटबल प्रतियोगिताको फाइनलमा सरस्वती माविले ओम पुष्पा अञ्जलि बोर्डिङ इंग्लिस स्कुल दोधाराचाँदनीलाई हराउँदै उपाधी जितेको हो।

सरस्वती र ओम पुष्पा अञ्जलि बोर्डिङ इंग्लिस स्कुल बिचको रोमाञ्चक खेलमा १–० गोलको अन्तरले ओम पुष्पा अञ्जलि लाई हराउँदै च्याम्पियन बनेको प्रतियोगिता संयोजक गौरभ बोहराले बताए ।

च्याम्पियन टिम सरस्वती मा.वि झरनासागरले नगद ५५ हजार ५ सय ५५ रुपैया सहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ, भने उपविजेता टिम ओम पुष्पा अञ्जलिले ३३ हजार ३ सय ३३ रुपैयाँ सहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र चित्त बुझाएको छ।

समापन प्रतियोगितमा प्रद्यानाध्यापक जनक थापा, सहायक प्रअ राधाकृष्ण पाठक र खेल शिक्षक धन बहादुर रावतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, मिडफिल्डर र सर्वाधिक गोलकर्ता सरस्वती मा.वि टिमका बिरेन्द्र साउँद, उमेश खडायत र जीवन महरले हात पर्न सफल भए भने उत्कृष्ट डिफेन्स बैजनाथ मा.वि महेन्द्रनगरका गणेश ओलि र प्रतियोगिताको उत्कृष्ट खेलाडी एलिस बमले उपाधी हात पारेको छ। प्रतियोगितामा सामुदायिक विद्यालाका ९ र संस्थागत विद्यालयका २३ टिमको उपस्थितिमा असोज १६ देखि २५ गतेसम्म महेन्द्रनगर स्थित खुलामञ्चमा सञ्चालन भएको थियो। प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै मुख्यमन्त्री खगराज भट्टले विद्यार्थीको जिवनमा खेलकुद र अनुशासन अपरिहार्य रहेकाले विद्यार्थी खेलाडीले देश निर्माणका लागि आफ्नो समय खर्चिनुपर्नेमा जोडदिए । समापन कार्यक्रमका सभापति जिल्ला समन्वय समितिका प्रमुख दुर्गा प्रसाद बोहरा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री खगराज भट्ट, विशिष्ट अतिथि पुर्व मुख्य मन्त्री राजेन्द्र सिंह रावल, उद्योग वन तथा वातावरण मन्त्री प्रकाश रावल, पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्द, बेदकोट नगरपालिका प्रमुख भोजराज बोहरा, दोधारा चाँदनी नगरपालिका प्रमुख किशोर कुमार लिम्बु, महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष महेश प्रसाद पन्त,सुदूरपश्चिम प्रदेश खेलकुद परिषद सदस्य काशिराम बोहरा र कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द लगायत खेलप्रेमी, समाजसेवी बुद्धिजीवीको उपस्थिति रहेको थियो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.