अपिहिमालका पहिलो विद्यावारिधि गर्ने डा. कार्की र अधिकृतमा नाम निकाल्ने ठेकरे सम्मानित

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले शैक्षिक तथा प्रशासनिक क्षेत्रमा सफलता हासिल गरेका दुई व्यक्तित्वलाई सम्मान गरेको छ।

गाउँपालिकाबाट पहिलोपटक विद्यावारिधि (पीएचडी) हासिल गर्ने डा. मदन कार्की र अधिकृत स्तरमा नाम निकाल्न सफल क्षेत्र सिंह ठेकरेलाई गाउँपालिकाले सम्मान गरेको गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले जानकारी दिएका छन्।

उनीहरूको सफलताले अपिहिमालका युवालाई उच्च शिक्षा हासिल गर्न तथा प्रशासनिक क्षेत्रमा प्रवेश गर्न प्रेरणा मिल्ने अध्यक्ष ठेकरे बोहराले विश्वास व्यक्त गरेका छन्।

गाउँपालिकाका लागि दुवै व्यक्तित्वको उपलब्धि प्रेरणादायी रहेको उल्लेख गर्दै उनले उनीहरूको सफलताबाट स्थानीय युवामा शैक्षिक उन्नति र प्रतिस्पर्धात्मक परीक्षामार्फत सरकारी सेवामा प्रवेश गर्ने लक्ष्य राख्न थप उत्साह मिल्ने अपेक्षा व्यक्त गरेका छन्।

उनीहरूको उपलब्धिले अपिहिमालका युवालाई आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर मेहनत गर्न र शैक्षिक तथा प्रशासनिक क्षेत्रमा अघि बढ्न मार्गदर्शन गर्ने विश्वास गाउँपालिकाले लिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.