दार्चुला कारागारमा मदन बुढाले स्थापना गरे पुस्तकालय

दार्चुला। जेनजी अगुवा तथा समाजसेवी मदन बुढाले जिल्ला कारागार दार्चुलामा पुस्तकालय स्थापना गरेका छन्। प्रहरी दिवस तथा दसैँको अवसर पारेर उनले काठमाडौंबाट ४०० पुस्तक लगेर कारागारमा पुस्तकालय स्थापना गरेका हुन्।

कारागारमा रहेका कैदीबन्दीलाई अध्ययन गर्ने अवसर प्रदान गर्ने र उनीहरूमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो। पुस्तकालयले कैदीबन्दीलाई फुर्सदको समय सदुपयोग गर्न, ज्ञान हासिल गर्न र अध्ययनको बानी विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बुढाले यसअघि काठमाडौंबाटै ७०० भन्दा बढी पुस्तक लगेर अछामको बयलपाटा अस्पताल र जिल्ला कारागार अछाममा पुस्तकालय स्थापना गरेका थिए।

ग्यालेक्सी ए१७ ५जीको २४ महिनाको इएमआई योजना र यसका सर्तहरूबारे थप जानकारीका लागि ग्राहकहरूले नेपालभर रहेका सामसङका आधिकारिक स्टोर तथा रिटेल आउटलेटहरूमा सम्पर्क गर्न सक्नेछन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.