एनपीएल : कर्णाली याक्सले टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुदैछन् ।

यस खेलमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।  योसँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

जारी प्रतियोगितामा कर्णाली याक्सले ३ खेलमा २ जित र एक हार बेहोरेको छ र अंक तालिकामा तेस्रो स्थानमा छ । त्यस्तै सुदूरपश्चिम रिय्ल्सले ४ खेलमा २ जित र २ हार बेहोरेर ४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.