एमाले दार्चुलाको स्थानीय तह निर्वाचन अध्ययन कार्यदलको बैठक: सदस्यलाई पालिकाको जिम्मेवारी बाँडफाँट

दार्चुला । नेकपा (एमाले) दार्चुलाको स्थानीय तह निर्वाचन अध्ययन कार्यदलको दोस्रो बैठक सम्पन्न भएको छ।
आइतबार खलंगामा बसेको बैठकले जिल्लाका पालिका तथा वडास्तरमा पार्टीका गतिविधि सञ्चालन गर्ने र कार्यदलका सदस्यहरूलाई पालिकागत जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ।

कार्यदलका सदस्य सचिव खडक बडालका अनुसार बैठकले पहिलो बैठकबाट तोकिएको जिम्मेवारीअनुसार पालिका कमिटी, वडा कमिटी, अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममार्फत पालिकास्तरमा पार्टीको अवस्थाबारे जानकारी लिने उद्देश्यले भएका कामको समीक्षा गरेको छ।

बैठकले जिम्मेवारी पाएका सदस्यहरूलाई सम्बन्धित पालिकाका वडामा भेला, प्रशिक्षण तथा अन्य पार्टीगत कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

कार्यदलका संयोजक तथा एमालेका पूर्व केन्द्रीय कमिटी सदस्य हरदेव जोशीको अध्यक्षतामा बसेको बैठकमा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्ना प्रमुख अतिथिका रूपमा सहभागी थिए।

बैठकमा प्रदेश कमिटी सचिवालय सदस्यहरू देव सिंह महर, नगेन्द्र तिंकरी र मोहन सिंह धामी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी तथा कार्यदलका सदस्य सचिव खडक बडालको सहभागिता थियो।

बैठकले जिल्लाका नौवटै स्थानीय तहको जिम्मेवारी कार्यदलका सदस्यहरूलाई बाँडफाँट गरेको छ। जसअनुसार:
– शैल्यशिखर नगरपालिका: हरदेव जोशी र रामदत्त जोशी
– नौगाड गाउँपालिका: हरदेव जोशी र ज्ञानेन्द्र घर्ती
– मार्मा र अपिहिमाल गाउँपालिका: देव सिंह महर
– दुहुँ र व्यास गाउँपालिका: नगेन्द्र तिंकरी
– मालिकार्जुन र लेकम गाउँपालिका: मोहन सिंह धामी
– महाकाली नगरपालिका तथा कार्यालयको जिम्मेवारी: खडक बडाल

Leave A Reply

Your email address will not be published.