कीर्तिपुर मैदानमा सुदूरको सान (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । लुम्बिनी लयान्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि उचालेको हो । १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सका लागि ओपनर जोडीले उत्कृष्ट ब्याटिङ गरे । जर्ज मुन्सीले शतक बनाएका छन् । उनले ५४ बलमा १२५ रन बनाए ।   विनोद भण्डारीले उनलाई २९ रनमा नटआउट रहे ।

सुदूरपश्चिमको जितसँगै कीर्तिपुर मैदानमा सुदूरका समर्थकहरूले खुसीयाली मनाएका छन् । यसअघि लगातार दुई सिजन फाइनलमा पुगेर पनि पराजित भएको सुदूरपश्चिमले यो सिजन हारबाट सुरु गरे पनि अन्त्य भने उपाधिका साथ गरेको छ ।

यो सिजन लिग चरण र क्वालिफायर १ मा सुदूरपश्चिम लुम्बिनीसँग पराजित भएको थियो ।

तर लगातार तीनपटक फाइनलमा पुगेको सुदूरपश्चिमले अन्ततः उपाधि जित्यो । गत सिजनमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गरी उपाधि जितेको थियो । एनपीएलको तेस्रो सिजनसम्म आइपुग्दा सुदूरपश्चिम सबैभन्दा सफल टिम बनेको छ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका थिए ।

पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले ६ विकेटको क्षतिमा १५५ रन बनायो । लुम्बिनीका लागि दीलिप नाथले सर्वाधिक ३९ रन बनाए । यस्तै रोहित पौडेलले ३० रन बनाए भने निरोशन डिकवालाले २८ रनको योगदान दिए । अन्तिममा अली शेखले १२ बलमा २४ रन बनाए ।

सुदूरपश्चिम पहिलो सिजनमा जनकपुर बोल्ट्स र दोस्रो सिजनमा लुम्बिनीसँग फाइनलमा पराजित भएको थियो ।

Leave A Reply

Your email address will not be published.