ए डिभिजन लिगमा च्यासल र एनआरटीको बराबरी

दार्चुला – सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीले १–१ गोलको बराबरी खेलेका छन् ।

४३ औँ मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । तर ७८ औँ मिनेटमा दिपेश घलेले गोल गर्दै एनआरटीलाई बराबरीमा ल्याए । उनले मैदान प्रवेश गरेर खुट्टामा आएको पहिलो बललाई नै गोलमा परिणत गर्न सफल भए ।

बराबरीसँगै च्यासलको चार अङ्क भएको छ । एनआरटीको दुई अङ्क पुगेको छ । च्यासल र एनआरटीको खेल तनावपूर्ण बनेको थियो । पटक–पटक दुवै टोलीका खेलाडीले एक आपसमा झगडा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.