दार्चुला । अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ। यसले गर्दा चिसो हावा चल्न थालेको छ । आज पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको छ ।
यो प्रणालीका कारण सुदूरपश्चिम ,कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका धेरै ठाउँमा आज मौसम बद्ली हुने मौसमविद्ले मानन्धरले बताउनुभयो ।
उहाका अनुसार यसको प्रभावले वाग्मती प्रदेशका केही ठाउँमा पनि मौसम आंशिक बद्ली हुने सम्भावना छ। भोलिदेखि यो प्रणाली हटेर जाने मौसमविद्ले बतानुभयो।