दार्चुला । सुदूरपश्चिममा २९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
प्रदेशभर पीसीआर र एन्टिजेन बिधिबाट ११ सय २० जनाको नमुना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो। आज प्रदेशभर १० जनाले कोरोना जितेर घर फर्किएका छन्।
यस्तै सुदूरपश्चिम प्रदेशमामा हालसम्म ३ लाख १९ हजार ९ सय ६७ जनाको नमुना परीक्षण गर्दा ४६ हजार ९ सय ९० जनामा कोभिड(१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।
हालसम्म प्रदेशभर ३६ हजार ८ सय ४० जनाले कोरोना जितेका छन्। भने, ५ सय ८६ जना कोरोनाका कारण मृत्यु भएको छ।