१२ देखि १८ उमेर समूहका बालबालिकालाई ४ पुसबाट विद्यालयमै मोडर्ना खोप लगाइने

दार्चुला । पुस ४ गतेबाट बालबालिकालाई विद्यालयमै कोरोना १९ विरुद्धको खोप ल गाइने भएको छ। विद्यालयलाई खोप केन्द्र बनाई खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

उहाका अनुसार १२ देखि १८ उमेर समूहका सबै बालबालिकाहरूलाई पुस १४ गतेसम्म मोडर्ना खोप लगाउने सरकारको लक्ष्य रहेको छ। ‘बालबालिकालाई सहज होस् भनी जिल्लाको उपयुक्त हुने विद्यालयलाई खोप केन्द्र तोकिएको छ,त्यहीँबाट उनीहरूलाई खोप लगाइन्छ,’उनले भने। सरकारले अमेरिकाबाट ३६ लाख ५१ हजार ६ सय डोज मोडर्ना खोप नेपालमा ल्याइसकेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.