भ्रमित झुटा समाचार लेख्ने अनलाइन लाई प्रहरी निरक्षक चन्द द्वारा कार्वाहीको माग

दार्चुला – जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत नेपाल प्रहरीका प्रहरी निरीक्षक इन्सपेक्टर भाष्कर चन्दले आफ्नो मेहनत र लगनशीलताले नेपाल प्रहरी संगठनमा काम गरीरहेको बेला आफुलाइ नभएको झुटा आरोप लगाउने दृस्टी न्युज डट कम लाई कार्बाही को माग राखेका छन।

जनताको प्रत्यक्ष सेवा गर्ने हेतुले ईमान्दारीता र वफादारीता पूर्वक आफ्नो जिम्मेवारी निर्बाह गरिरहेको बताएका छन् । जिम्मेवार प्रहरी कर्मचारीको भबिष्य माथि तथ्यहिन समाचारले प्रहरी संगठनको ईज्जत र प्रतिष्ठामा आँच आउने भन्दै उनले बिग्यप्तीमा भनेका छन – वास्तबिकता नै नबुझि बिना आधार , प्रमाण गर्दै नगरेको बिषयलाई कपोकल्पित रुपमा भ्रम सृजना गराई मेरो ब्यक्तिगत, ब्यवसायीक, सामाजिक तथा पारीवारीक जीवनमा समेत नकारात्मक असर पार्न खोज्ने दृष्टि न्युज डट कम लाई आवस्यक कार्बाहीको माग राख्दै प्रेस काउन्सिल लाई पत्राचार गरेको बताएका छन।

नभएको झुटा समाचारका कारण प्रहरी कर्मचारीलाई आफ्नो कर्तव्य पथमा बिचलित गराउने तथा मनोवल गिराउँदा त्यसले नेपाल प्रहरी संगठनप्रति आम जनताको अपेक्षामा कुठाराघात हुने र अकल्पनिय परिणाम आउन सक्ने हुँदा यस्तो समाचार लेख्ने दृष्टि न्युज डट कम लाई कारबाही को माग गरेका छन।
२०७८ साल पुस १३ गते दृष्टि न्युज डट कम ले यी हुन एसपी भन्दा पावरफुल इन्सपेक्टर, गुमराहमा राखेर असुली धन्दा ’ शीर्षकमा प्रकाशित समाचारप्रति आफ्नो घोर आपत्ति जनाउँदै उनले यस्तो बताएका हुन् ।

नेपाल प्रहरी संगठनको प्रहरी निरीक्षक जस्तो जिम्मेवार पदमा नियुक्ति भई आफ्नो जिम्मेवारी, काम, कर्तव्य पूर्ण रुपमा ईमान्दार, वफादार भई निर्वाह गर्दै आइरहेको छु उहाँले मालिकार्जुन खबर लाई बताउनु भयो। मिति २०७८ सालको जेठ महिनादेखि रुजु हाजिर भई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत रही नेपाल सरकारको गृह मन्त्रालयको प्रत्यक्ष मातहतमा चल्ने नेपाल प्रहरीको बिभागिय नीति अनुरुप जनतालाई शीरमा राखी आफ्नो काम, कर्तब्य र आफ्नो नैतिक जिम्मेवारीलाई ईमान्दारी तथा वफादारिता साथ कानून बमोजिम जिम्मेवार भई कामकाज गर्दै आईरहेको छु ।’ यदी मैले कसै बाट पैसा असुल गरेको भए मलाई कार्बाही होस भनेका छन।

प्रहरी संगठन मा आफुले तस्कर हरुलाई कार्बाही गर्दा उल्टै कमिसन खाएको झुटा आरोप लगाउने दृस्टी न्युज डट कम लाई प्रेस काउन्सिल नेपाल मार्फत आवस्यक कार्बाही को माग राखेको बताएका छन। उहाँका अनुसार अहेले सम्म आफुले कसै बाट पनि असुली धन्दा नगरेको बताएका छन । यदी आफुले त्यस्तो गरेको प्रमाण भए जुन सुक्कै कार्बाही पनि भोग्न तयार रहेको बताएका छन।

 

Leave A Reply

Your email address will not be published.