दार्चुला – पश्चिमी वायुको अर्को प्रणाली मंगलवार राति देखी नेपाल भित्रिएको छ । मंगलवार राति देखी नै बर्षा सँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमापत भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आउदो शनिबार सम्म रहने मौसमविदको अनुमान छ । उक्त प्रभाव देशभरमै पर्ने मौसमविधको भनाई छ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल अधिकंश क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको मौसमविद्ले बताएका छन ।
सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन । राति देशभर सामान्य बदली रहने छ। सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ती प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
यसैबीच सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ती प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन।