राजेन्द्र महतो / सिरहा – सिमाना नाका सिरहाको माडर खैरटोकामा तिन भारतीय यात्रुमा कोरोना पुष्टि भएको छ । माडर भन्सार स्थित सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई शका लागेपछि चेकजाँचका लागि प्रादेशिक अस्पताल सिरहामा लगेपछि कोरोना पोजेटिभ देखिएको हो। कोरोना पोजेटिभ देखिएपछि ति तिनै जना भारतीय नागरिकलाई प्रादेशिक अस्पताल सिरहाको कोभिड अस्पतालमा राखिएको छ ।
उनीहरु भारत मधुबनि जिल्लाको सोहपुर हर्लाखि निवासि संजीव कुमार राम,समस्तिपुर ८ कडिहारा निवासि रंजित कुमार मिश्रा र समस्तिपुर १४ मोहनपुर निवासि अभिषेक शर्मा रहेका छन । कोरोना संक्रान्ति देखापरेपछि सिमानाकामा थप सर्तकता अपनाईएको छ। अफ्रिकी मुलुकमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएपछि नेपालमा पनि सर्तकता अपनाउन सीमानाकामा हेल्थ डेक्स स्थापना गरिएको छ ।
‘खुला सिमानाले सहजै संक्रमित हुने भएकोले सिरहा नगरपालिका स्थित माडर भन्सारमा हेल्थ डेक्स स्थापना गरिएको छ भने जिल्लाका अन्य नाकामा पनि हेल्थ डेक्स स्थापना गरि थप सर्तकता अपनाईएको सिरहाका प्रमुख जिल्ला अधिकारी लाल बाबु कवारी ले बताएका छ्न।
