पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जना कोरोना संक्रमित थपिए

दार्चुला – स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट मृत्यु हुनेको संख्या ११ हजार ६२० पुगेको छ।

यस्तै आइतबार ४३५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० सक्रिय संक्रमित छन्।

Leave A Reply

Your email address will not be published.