एसईई वैशाखमा हुने परीक्षा बोर्डको तयारी

दार्चुला । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई वैशाखमा गर्ने तयारी भइरहेको छ ।

अहिलेसम्म परीक्षा तालिका नहुँदा र संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने भन्नेमा अन्योलमा छन् ।

तर राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा हुने र वैशाखमा गर्ने गरी तयारी भइरहेको स्पष्ट पारेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाखको सुरुमा परीक्षा सञ्चालन गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो । केही दिनभित्र परीक्षा तालिका सार्वजनिक हुने उहाँले जानकारी दिनुभयो ।

वैशाखमा परीक्षा हुँदा पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।

यसअघि मङ्सिरमा तालिका सार्वजनिक गरेर चैतमा एसईई परीक्षा हुने गर्थ्यो । कोभिड–१९ का कारण अघिल्ला दुई वर्षमा विद्यालयले गरेको मूल्याङ्कनका आधारमा विद्यार्थीलाई प्रमाणपत्र उपलब्ध गराइएको सरकारले जनाएको छ ।।

Leave A Reply

Your email address will not be published.