एसियाली देशबाट विश्व कप फुटबलमा पुग्ने पहिलो टोली इरान

दार्चुला – इरान कतारमा यसैवर्ष हुने फिफा विश्व कप फुटबलका लागि छनोट भएको छ ।

इराकलाई १–० गोलले हराउँदै इरानले विश्व कपमा स्थान पक्का गरेको हो ।

इरानको जितमा मेधी तारेमीले खेलको ४८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

इरान समूह ‘ए’ मा सात खेलबाट १९ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ । इरान एसियाली देशबाट सन् २०२२ को विश्व कप फुटबलमा पुग्ने पहिलो देश बनेको छ ।

Leave A Reply

Your email address will not be published.