वैदेशिक रोजगार पत्रकार समाजको १२ औं अधिवेशन सम्पन्न

दार्चुला  । वैदेशिक रोजगार पत्रकार समाजको १२ औं अधिवेशन तथा साधारण सभाले समाजको नयाँ नेतृत्व चयन गरेको छ । आइतबार सम्पन्न सभाको बन्द सत्रले उद्धवराज भट्टराईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समाजको आगामी कार्यकालका लागि भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ ।

रोजगार मिडियामा आवद्ध भट्टराई यसअघि समाजको बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे, कोषाध्यक्षमा मनुका कुँवर रहेका छन् । त्यसैगरी सदस्यहरुमा अरिश्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाईं चयन भएका छन् । पूर्व अध्यक्ष मदनकुमार श्रेष्ठको संयोजकत्वमा गठन भएको निर्वाचन समितिले सर्वसम्मतरुपमा निर्वाचन सम्पन्न गरेको थियो । निर्वाचित नयाँ कार्यसमितिलाई संयोजक श्रेष्ठ र नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले अबिर र खादा प्रदान गरेर बधाई दिएका थिए ।

Leave A Reply

Your email address will not be published.