शनिवार आर्थिक सर्वेक्षण, आइतवार बजेट

दार्चुला – प्रतिनिधि सभामा भोलि शनिवार आर्थिक वर्ष २०७८र७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ । बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा आज शुक्रवारका लागि नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेस हुन पाएन ।

आउँदा आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ ।

यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आउँदो आर्थिक वर्षको बजेट पेस गर्नुहुनेछ । गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेस गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।

Leave A Reply

Your email address will not be published.