नदीमा डुबेर २ बालकको मृत्यु

धनगढी – कैलालीको धनगढीस्थित नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। चटकपुर राजघाट जोड्ने पुलको मुनि मोहना नदीमा पौडी खेलिरहेका बेला डुबेर दुई बालकको ज्यान गएको हो।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुबेर मृत्यु भएको हो। दुबै जनाको शव नदीबाट निकालेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.